चाँडै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ, सम्भवतः आजै : अध्यक्ष नेपाल
काठमाडौं, असार १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चाँडै मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिएका छन्।अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको आज...
काठमाडौं, असार १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चाँडै मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिएका छन्।
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको आज (आइतबार) काठमाडौंमा बसेको बैठकमा उनले हालमा मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने भनी पार्टीले जेठ २२ गते गरेको निर्णय सम्भवतः आजै कार्यान्वयन हुने संकेत गरेका हुन्।
‘मन्त्रिपरिषद्को पुनर्गठन छिटोभन्दा छिटो हुनेछ। आशा गरौं, आजै हुनेछ,’ उनले भने, ‘हाम्रो पार्टीको निर्णय लागु हुनेमा विश्वास छ।’
अध्यक्ष नेपालले कतिपय व्यक्तिहरूले पार्टीको निर्णय लत्याएर आफू पदमै बसिरहने प्रवृत्ति देखाएको तर त्यो गलत भएको बताए। केही मन्त्रीले आफूलाई राजीनामा बुझाइसकेको र बाँकी मन्त्रीको पनि राजीनामा आउने अपेक्षा आफूले गरेको उनको भनाइ थियो।
‘केही मन्त्रीको गोजीमा लिएर हिँडिरहेको छु,’ उनले भने, ‘अरू मन्त्रीहरूले पनि राजीनामापत्र पठाउनुहुनेछ। पार्टीको निर्णय चाँडै लागु होस् भन्ने मेरो चाहना हो।”











