Kathmandu Press

अखिल क्रान्तिकारीले गठन गर्‍याे २७ विभाग,  संगठन विभाग प्रमुखमा दिपेश पुन (सूचीसहित) 

काठमाडौं, असार १२ : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारले २७ वटा विभाग गठन गरेको छ। अखिल क्रान्तिकारीको असार ५ गते बसेको...
अखिल क्रान्तिकारीले गठन गर्‍याे २७ विभाग,  संगठन विभाग प्रमुखमा दिपेश पुन (सूचीसहित) 

काठमाडौं, असार १२ : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारले २७ वटा विभाग गठन गरेको छ। अखिल क्रान्तिकारीको असार ५ गते बसेको बैठकले २७ विभाग गठन गरेको हो।
 
विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ । प्रायः सबै विभागका प्रमुख–उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ।

संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दिपेश पुनले पाएका छन् । उपप्रमुखमा मदन लिम्बु र माधव थपलिया रहेका छन् भने सचिवमा रोशन थापा मगर रहेका छन्।

आर्थिक विभागको जिम्मा भने केन्द्रीय कार्यालयलाई नै दिएको छ भने  प्रशिक्षण विभागकाे प्रमुखमा मिलन एमसी, उपप्रमुखमा चन्द्र माङ्मु र माधव पाण्डे र सचिवमा र्दुलभ शाहीले जिम्मेवारी पाएका छन्।  


 

प्रकाशित मिति: ११:१८ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्