प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, असार १२ : प्रतिनिधि सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेदेखि बैठक बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री...
काठमाडौं, असार १२ : प्रतिनिधि सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेदेखि बैठक बस्ने भएको छ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको बैसठ्ठी औं वार्षिक प्रतिवदन पेश गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ।
संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संसोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ।
त्यस्तै वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इन्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्याता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ।











