Kathmandu Press

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा, असार १२ : बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही...
बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा, असार १२ : बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ। 

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ वजे बस्दैछ। प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा ९एमाले०को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए। 

प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ।सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ  १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको छ। 

प्रकाशित मिति: १०:१५ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्