Kathmandu Press

भरतपुर विमानस्थलको टावरनजिकै आगलागी

भरतपुर, असार १२: चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ।आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र...
भरतपुर विमानस्थलको टावरनजिकै आगलागी
फाइल फोटो

भरतपुर, असार १२: चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए।

उनकाअनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ।

आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको अधिकारीले बताए। (रासस)

प्रकाशित मिति: ०८:४३ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्