Kathmandu Press

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटा, असार १२ : पोखरीमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ।धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर धनकुटा नगरपालिका–४ का १५...
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटा, असार १२ : पोखरीमा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ।

धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई र धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यायले जनाएको छ।

धनकुटा एग्रो टुरिजम एन्ड फन भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरी बनाएको छ। उनीहरु त्यहि पोखरीमा पौडी खेल्न गएका थिए।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई उद्धार गरेर जिल्ला अस्पताल लगिएको थियो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी चिरञ्जीवी दाहालले बताए।

 

प्रकाशित मिति: ०७:०६ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्