Kathmandu Press

गण्डकी प्रदेशका अर्थमन्त्री बराललाई पदबाट नहटाउने सहमति

काठमाडाैं, असार ११ : गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई पदबाट नहटाउने सहमति भएको छ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले...
गण्डकी प्रदेशका अर्थमन्त्री बराललाई पदबाट नहटाउने सहमति

काठमाडाैं, असार ११ : गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई पदबाट नहटाउने सहमति भएको छ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले अर्थमन्त्री नफेर्ने सहमति गरेकाे हाे।

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो।

प्रकाशित मिति: १८:४१ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्