नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा
काठमाडौं, असार ११ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन्।यसअघिका राजदूत विनय मोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि नयाँ...
काठमाडौं, असार ११ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन्।
यसअघिका राजदूत विनय मोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि नयाँ राजदूत बनेका उनी जिम्मेवारी आफ्नो सम्हाल्न शनिबार काठमाडौं आइपुगेका हुन्।
करियर कूटनीतिज्ञसमेत रहेका उनी नेपालका लागि राजदूत नियुक्त हुनुअघि नयाँ दिल्लीमा चीन, जापान, कोरिया, मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखका रुपमा कार्यरत थिए।
पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्वसमेत गरेका श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्।
उनले वासिङ्टन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रहेर काम गरिसकेका छन्।
प्रकाशित मिति: १८:२१ बजे, शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











