Kathmandu Press

पार्टीकाे आफ्नै कारणले स्थानीय निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन सकेन : नेपाल

काठमाडाैं, असार ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको...
पार्टीकाे आफ्नै कारणले स्थानीय निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन सकेन : नेपाल

काठमाडाैं, असार ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन्।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति आफूहरुको धेरै गुनासो रहे पनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका हुन्।

उनले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफै सचेत हुनुपर्ने धारणा राखे। अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यक्ता देखिएको उनको भनाई छ।

२७/२८ प्रतिशत ठाउँमा मात्र उम्मेद्वारी दिँदा पनि ९ लाखभन्दा पनि बढी मत प्राप्त गरको भन्दै अध्यक्ष नेपालले छाटो समयमा नै जनताको समर्थन पाएको दाबी गरे।

उनले उनले मूल्य वृद्धिका कारण जनता मारमा परेको र मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए।

त्यस्तै अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधार र भ्रष्टचार नियन्त्रणमा सरकारको विशेष ध्यान दिनुपर्ने बताए। अहिले भ्रष्टाचार बढिरहेको बारे गठबन्धनको बैठकबाट सरकारको ध्यानाकर्षण गराइएको उनले बताए। 

प्रकाशित मिति: १४:३२ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्