Kathmandu Press

मन्त्री आलेसहित ६ जनाले फिर्ता लिए हस्ताक्षर

मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए।
मन्त्री आलेसहित ६ जनाले फिर्ता लिए हस्ताक्षर

काठमाडाैं, असार ११ : संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने नेकपा एकीकृत समाजवादीका ६ नेताले हस्ताक्षर फिर्ता लिएका छन्।

शनिबार काठमाडौंमा बसेको समाजवादीको केन्द्रीय कमिटी बैठकका क्रममा पर्यटनमन्त्री प्रेम आलेलगायत ६ जनाले आफूहरु भ्रममा परेर यसअघि हस्ताक्षर गरेको भन्दै अहिले हस्ताक्षर फिर्ता लिएको लिखित जानकारी गराएका हुन्।

हस्ताक्षर फिर्ता लिनेमा आलेसहित धनबहादुर बुढा, कृष्ण लाल महर्जन, गोपाल बहादुर बम, पुष्पा कुमारी कर्ण कायस्त र बिनादेवी बुढाथोकी रहेको नेकपा समाजवादीका नेता सोम प्रसाद पाण्डेले जानकारी दिए।

यसअघि निवेदन दिने मध्ये स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन्।

मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए।

प्रकाशित मिति: १४:२४ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्