Kathmandu Press

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुपर्छ : गाैतम

काठमाडाैं, असार ११ : नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिस्ट पार्टीलाई जोगाउन एकता अपरिहार्य रहेको बताएका छन्।शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय...
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुपर्छ : गाैतम

काठमाडाैं, असार ११ : नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिस्ट पार्टीलाई जोगाउन एकता अपरिहार्य रहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोस्राे भेलामा गौतमले कम्युनिस्टलाई जोगाउन र बलियो बनाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता हुनुपर्ने बताएका हुन्।

स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा र  प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुने तर्क गरे। उनले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने तर्क गरे।

अहिले कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्तकर्ताको आवश्यकता रहेकाले आफु नै उक्त भूमिका निर्वाह गर्ने उहाको भनाई छ। उहाले एकताका लागि आफु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।

उनले यसअघि नेकपामा प्रचण्डले केपी ओलीमाथि लगाएतको आरोप फिर्ता नलिदा पार्टी विभाजन भएको र आफु एकताको पक्षमा लागेको जिकिर गरे।

प्रकाशित मिति: १४:२० बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्