Kathmandu Press

पहिले साथ दिएका पछि एमालेमै बसेका १० भाइलाई जथाभाबी नबोल्न नेता नेपालको सुझाव

काठमाडौं, असार ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहँदाको अवस्थामा आफूलाई साथ दिएका तर पार्टी विभाजन हुने...
पहिले साथ दिएका पछि एमालेमै बसेका १० भाइलाई जथाभाबी नबोल्न नेता नेपालको सुझाव

काठमाडौं, असार ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहँदाको अवस्थामा आफूलाई साथ दिएका तर पार्टी विभाजन हुने बेला एमालेमै बसेका १० नेतालाई आफ्नो पार्टी र आफूलाई विषय बनाएर जथाभाबी नबाेल्न र नलेख्न आग्रह गरेका छन्।

काठमाडौंको नयाँ बानेश्वरस्थित कार्की ब्यान्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले ती १० भाइलाई नसाबाट बाहिर आउन सुझाव पनि दिएका छन्।

उनले सार्वजनिक रुपमा अनावश्यक आलोचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन नसकिने पनि बताएका छन्।

‘यी कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु। अझै पनि दिमागबाट उनीहरूको नसा उत्रिएको छैन। तथानाम लेखिरहेका छन् । दासजस्तो भएर बसिरहेका छन्,’ अध्यक्ष नेपालले भने, ‘उनीहरूमा कुनै मूल्यमान्यता छैन । पदीय गरिमा पाएका छैनन्। तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन्। हामीले संविधानको रक्षा गरेका छौं।’

उनले तत्कालीन नेकपामा विद्रोह जायज रहेको नभए दास भएर बस्नुपर्ने अवस्थिथा हुने उनले बताए। ‘विद्रोह नगरेको भए राजनीतिबाट पलायन हुनुपर्थ्यो। अहिलेसम्म कसैको आँखा खुलेको छैन भने उनीहरूको पनि आँखा खुलोस्,’ नेपालले भने। 

एमाले सचिव योगेश भट्टराईले शुक्रबार समाजिक सञ्जालमार्फत माधव नेपाललाई लक्षित गरी लेखेका सामग्रीप्रति उनले आक्रोश व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्