Kathmandu Press

नेकपा एसको केन्द्रीय कमिटी बैठक जारी, चार मन्त्री अनुपस्थित

काठमाडौं, असार ११ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय कमिटी बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम जारी छ।अपराह्न साढे १२ बजे सुरू...
नेकपा एसको केन्द्रीय कमिटी बैठक जारी, चार मन्त्री अनुपस्थित

काठमाडौं, असार ११ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय कमिटी बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम जारी छ।

अपराह्न साढे १२ बजे सुरू भएको बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री भने अनुपस्थित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले बैठकमा अनुपस्थित रहेका हुन्।

नेकपा एसको सचिवालय बैठकले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरू असन्तुष्ट छन्। उनीहरूसहित १० सांसदले बजेट अधिवेशनका बेला सांसदहरूले उठाएका प्रश्नकाे मन्त्रीले जवाफ दिनुपर्ने विषयलाई बेवास्ता गर्दै सरकारबाट फिर्ता बाेलाउने निर्णय सही र स्वाभाविक नभएकाे भन्दै  संसदीय दलकाे बैठकसमेत माग गरेर अध्यक्ष माधवकुमार नेपालकाे ध्यानाकर्षण गराएका थिए।

नेकपा एसमा मन्त्री हेरफेरकाे विषय अत्यन्त पेचिलाे बनेकाे छ।

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्