Kathmandu Press

ढुंगाले हिर्काएर कलंकीमा महिलाको हत्या 

काठमाडौं, असार ११ : काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ। प्रहरी वृत्त कालिमाटीले दिएको जानकारीअनुसार कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय...
ढुंगाले हिर्काएर कलंकीमा महिलाको हत्या 

काठमाडौं, असार ११ : काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ। 

प्रहरी वृत्त कालिमाटीले दिएको जानकारीअनुसार कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीको ढुंगाले हिर्काएर हत्या गरिएको हो। 

आज (शनिबार) बिहान करिब ८ बजेतिर उनको टाउको ढुंगा प्रहार भएको र उपचारका लागि नेपाल नेसनल अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीको भनाइ छ।

प्रहरी वृत्त कालिमाटीले उप्रेतीको हत्या गरेको आरोपमा एक पुरूषलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:०७ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्