पेट्रोलकाे मूल्य २० र डिजेलको २८ रुपैयाँ घटाउने सरकारकाे घोषणा
आज (शनिबार) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आकस्मिक पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका हुन्।
काठमाडाैं, असार ११ : सरकारले पेट्रोलको मूल्य लिटरमा २० र डिजेलको २८ रुपैयाँ घटाउने घोषणा गरेको छ।
आज (शनिबार) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आकस्मिक पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका हुन्।
सरकारको घोषणासँगै अब पेट्रोलको मूल्य १७९ र डिजेलको मूल्य १६३ रुपैयाँ कायम कायम हुने भएको छ।हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ रहेको छ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागु हुने जनाइएको छ।
अत्यावश्यक वस्तुहरुको मूल्यको वृद्धिका कारण सर्वसाधारण जनता मारमा परेको भन्दै मन्त्री बडूले यस संवेदनशील अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील हुँदै पेट्रोलियम पदार्थमा लगाउँदै आएको केही कर कटौती गरेर मूल्य घटाइएको बताए।
यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो।
मन्त्री बडूले समग्र मूल्यवृद्धिलाई नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइने पनि बताए।











