Kathmandu Press

‘कम्युनिस्ट एकताका लागि म उपयुक्त मध्यस्तकर्ता हुँ’

काठमाडाैं, असार ११ : नेता वामदेव गौतमले कम्युनिस्ट एकता लागि आफू उपयुक्त मध्यस्तकर्ता भएको बताएका छन्।काठमाडौंमा शनिबारबाट सुरु भएको नेकपा एकता राष्ट्रिय अभियानको...
‘कम्युनिस्ट एकताका लागि म उपयुक्त मध्यस्तकर्ता हुँ’

काठमाडाैं, असार ११ : नेता वामदेव गौतमले कम्युनिस्ट एकता लागि आफू उपयुक्त मध्यस्तकर्ता भएको बताएका छन्।

काठमाडौंमा शनिबारबाट सुरु भएको नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गौतमले नेपालको कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थामा एकतामा ल्याउनका लागि एउटा मध्यस्तकर्ताको खाँचो छ भएको बताए ।

नेता गौतमले त्यसका लागि आफू जत्तिको उपयुक्त अरु नहुने बताए । उनले त्यसैले आफू यो अभियानमा लागेको पनि बताए । उनले भने, ‘मैले त्यो जिम्मेवारी लिनुपर्छ। म त्यसका लागि जुनसुकै त्याग गर्न तयार छु।’

आगामी चुनावभित्र नेकपा एकता गर्ने अभियानमा आफू लाग्ने गौतमको भनाइ थियो।

सोही कार्यक्रममा गौतमले नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलामा यसलाई पार्टीका रुपमा अघि बढाउने गौतमले प्रस्ताव पनि गरेका छन्। उनले केन्द्रदेखि वडासम्म कमिटी गठन गर्ने बताएका छन्।

यसको मूल उद्देश्य भने कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने रहेको बताउँदै उनले केन्द्रीय कमिटी, यसको प्रदेश कमिटी, जिल्ला समन्वय कमिटी, पालिका कमिटी र वडा कमिटीहरू बनाउनु पर्ने उल्लेख गरे।

प्रकाशित मिति: १२:२० बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्