Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी, डिजेल र पेट्रोलकाे मूल्य २५ देखि ३० रुपैयाँ घट्ने

सत्ता गठबन्धनको बैठकले दिएको निर्देशन अनुसार सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन लागेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी, डिजेल र पेट्रोलकाे मूल्य २५ देखि ३० रुपैयाँ घट्ने

काठमाडौं, असार ११ : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । पेट्रोलियम पदार्थमा लाग्दै आएको कर कटौती गर्दै सरकारले मूल्य घटाउने तयारी गरेको हो।

सत्ता गठबन्धनको बैठकले दिएको निर्देशन अनुसार सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएको थियो ।

गठबन्धनको निर्देशनका आधारमा पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्दै शनिबारबाटै पेट्रोलियम पदार्थको मूल्य घटाइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनमार्फत पेट्रोलियम पदार्थमाथिको कर कटौतीबारे जानकारी दिनेछन् ।

सरकारले डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घटाउने तयारी गरिएको छ । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२:०६ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्