Kathmandu Press

मेलम्चीमा बाढी, फट्टेको पुलमा क्षति

सिन्धुपाल्चोक, असार ११ : गए राति मेलम्ची नदीमा बाढी आएको छ। बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।बाढीको त्रासले मध्यरातमा...
मेलम्चीमा बाढी, फट्टेको पुलमा क्षति

सिन्धुपाल्चोक, असार ११ : गए राति मेलम्ची नदीमा बाढी आएको छ। बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका बासिन्दाले घर छोडेर सुरक्षित स्थानमा गएका थिए। राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताइन्।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएको थियो। त्यो ठाउँमा अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन्।

गत वर्ष बाढीबाट मेलम्ची र हेलम्बुमा क्षति पुगेको थियो। एक वर्षसम्म पनि पुनःनिर्माण भएको छैन। फेरि बाढी आउन थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन्।

प्रकाशित मिति: ०७:४४ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्