जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित
काठमाडाैं, असार १० : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ। नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि सहभागी नभएपछि नगरसभा स्थगित भएकाे हाे।१ सय २५...
काठमाडाैं, असार १० : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ। नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि सहभागी नभएपछि नगरसभा स्थगित भएकाे हाे।
१ सय २५ जना नगर सभा सदस्य रहेको उपमहानगरपालिकाकाे नगरसभामा ४५ जना मात्रै उपस्थित भएका थिए।
जीतपुरको बकुलिया माविको सभाकक्षमा एमालेका तर्फबाट निर्वाचित उपप्रमुख भोला अधिकारीसहित अन्य कार्यपालिका सदस्यहरु समयभन्दा ढिलाे पुगेर होहल्ला मच्चाएका थिए। बिहान ११ बजे बाेलाइएकाे नगरसभास्थलमा एमालेका कार्यपालिका सदस्यहरु दिउँसो २ बजेतिर पुगेका थिए।
प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











