Kathmandu Press

मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णय परिवर्तन हुन्न : प्रवक्ता खतिवडा

काठमाडाैं, असार १० : नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ।पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टीको...
मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णय परिवर्तन हुन्न : प्रवक्ता खतिवडा

काठमाडाैं, असार १० : नेकपा एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ।

पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको पार्टीको पोलिट्व्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री हेरफेरमा असन्तुष्टि जनाउदै केही नेताले पार्टी अध्यक्षलाई पत्र बुझाए पनि पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने बताएका हुन्।

उनले शनिबार बस्ने बैठकमा यस बिषयमा पार्टी अध्यक्ष माधव कुमार नेपालले थप प्रस्ट पार्ने र मन्त्री परिवर्तन गर्ने यसअघिको निर्णय परिवर्तन नहुने बताए।

मन्त्री हेरफेरबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नभ्याएको जानकारी गराएकाले शपथ हुन नसकेको उनको भनाइ छ।

बैठकमा पार्टी अध्यक्ष नेपालले अवको निर्वाचनमा गठबन्धनबीच औचित्यका आधारमा मात्रै तालमेल हुने र सबैतिर उम्मेदवारी दिने तयारीसहित लाग्न निर्देशन दिएको प्रवक्ता खतिवडाले बताए।

उनले बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र परिमार्जनसहित केन्द्रीय कमिटीमा पेश गर्ने जानकारी दिए।

पार्टीको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने र पार्टीको आगामी कार्यदिशाका बारेमा छलफल हुने समाजवादीले जनाएको छ। 

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्