Kathmandu Press

विभिन्न आयोजना अघि बढ्न नसक्नुको कारणबारे जानकारी दिन सरकारलाई निर्देशन

काठमाडाैं, असार १० : संसदीय समितिले विभिन्न आयोजनाहरु अघि बढ्न नसक्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास...
विभिन्न आयोजना अघि बढ्न नसक्नुको कारणबारे जानकारी दिन सरकारलाई निर्देशन

काठमाडाैं, असार १० : संसदीय समितिले विभिन्न आयोजनाहरु अघि बढ्न नसक्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सहरी विकास तथा भवन निर्माण विभागले यसअघि गर्ने भनिएको आयोजना सुरु हुन नसकेको भन्दै यसको कारणबारे जानकारी गराउन निर्देशन दिएको हो।

समिति सभापति कल्याणी खड्काले आयोजनाहरु सुरु नै नभएको बिषयमा समितिमा उजुरी परेकाले लामो समयअघि देखिका आयोजनाको काम अघि बढ्न नसक्नुका कारण १५ दिनभित्र समितिलाई जानकारी गराउन निर्देशन दिएको जानकारी दिए।

त्यस्तै महानगरपालिका र नगरपालिकासँग बाहिरी चक्रपथ आयोजनाका सम्बन्धमा सरोकारवालासंग छलफल गर्ने निर्णय भएको उहाले बताए।

बैठकमा सहरी विकास मन्त्री रामकुमार झाँक्रीले सांसद र मन्त्रीहरुले आफ्नो स्वार्थका आधारमा आयोजनाहरु अघि बढाउन दवाव दिने गरेको बताए। उनले योजना छनोटको मापदण्ड बनाउनुपर्ने समेत बताए।

उनले बाहिरी चक्रपथ निर्माण विभिन्न कारणले अपेक्षित रुपमा अघि बढ्न नसकेको जिकिर गरे। उनले आयोजना निर्माणमा अनियमितता देखिए संसदीय छानबिन गर्न सुझाव दिए।

त्यस्तै सांसदहरुले बाहिरी चक्रपथ निर्माणको कुरा लामो समय भए पनि सुरु गर्न नसक्नुको कारणबारे जानकारी माग गरेका थिए।

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्