Kathmandu Press

प्रदेश र प्रतिनिधिसभा निर्वाचन कात्तिक ३० मा गर्न आयाेगकाे प्रस्ताव

काठमाडौं, असार १० : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने भए कात्तिक ३० गतेको मिति प्रस्ताव गरेको छ।आयोगले दुई चरणमा निर्वाचन...
प्रदेश र प्रतिनिधिसभा निर्वाचन कात्तिक ३० मा गर्न आयाेगकाे प्रस्ताव

काठमाडौं, असार १० : निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने भए कात्तिक ३० गतेको मिति प्रस्ताव गरेको छ।

आयोगले दुई चरणमा निर्वाचन गर्ने अवस्थामा कात्तिक २८ र मंसिर ३ गतेको मिति सरकारसमक्ष प्रस्ताव गरेको छ।

यसरी आयोगले सरकारलाई दुईवटा मिति ताकेर अनौपचारिक रूपमा प्रस्ताव पठाएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए। काठमाडौं महानगरपालिकाको शुक्रबार आयोजित नगरसभामा बोल्दै उनले भने, ंआयोगले दुई चरणमा निर्वाचन गर्ने भए कात्तिक २८ र मंसिर ३ गते गर्ने भन्ने अनौपचारिक प्रस्ताव पठाइसकेको छ। एकै चरणमा गर्ने भए कात्तिक ३० गते देशैभरि चुनाव गर्न सकिने भनेको छ।’

अब छिट्टै सरकारले चुनावको मिति तोक्ने र पाँच महिनाभित्र चुनाव हुनेसमेत उनले बताए। मन्त्री श्रेष्ठले सरकारमा रहुन्जेल काठमाडौं महानगरको विकासका लागि सबै खाले सहयोग गर्न तयार रहेको पनि बताए।

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्