प्रचण्डले इमानदारी देखाउन नसक्दा कम्युनिस्ट पार्टी विभाजन : ओली
काठमाडाैं, असार १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमानदारी देखाउन नसक्दा कम्युनिस्ट पार्टी विभाजन भएको बताएका छन्।शुक्रबार एमाले कार्यालय च्यासलमा भएको...
काठमाडाैं, असार १० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमानदारी देखाउन नसक्दा कम्युनिस्ट पार्टी विभाजन भएको बताएका छन्।
शुक्रबार एमाले कार्यालय च्यासलमा भएको कार्यक्रममा ओलीले आफूले कसैलाई पार्टीबाट ननिकालेकाे भन्दै प्रचण्डले एकताप्रति इमान्दारी देखाउन नसक्दा कम्युनिष्ट पार्टी विभाजन भएको बताएका हुन्।
प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र पार्टी अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएको उनको टिप्पणी गरे। ओलीले पार्टीबाट आफूलाई निष्कासन गरेर पार्टी कब्जा गरेर प्रतिक्रियावादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरे पनि पार्टीलाई जोगाएको बताए।
त्यस्तै ओलीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग चरम दुरुपयोग गरेपनि एमालेको जनमत नघटेको दाबी गरे। १५ साल यता अहिलेजस्तो राज्यशक्तिको दुरुपयोग कहिल्यै नभएको उनको भनाइ छ। उनले केही सिटमा पछि परे पनि आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने जिकिर गरे।
ओलील समाजवादमा पुग्ने वैचारिक स्पष्टता एमालेमा मात्रै रहेको दाबी गरे।











