Kathmandu Press

लेखापरीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता अनिवार्य : अर्थमन्त्री शर्मा

काठमाडाैं, असार १० : अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता अनिवार्य रहेको बताएका छन्।शुक्रबार काठमाडौंमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३७ औं...
लेखापरीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता अनिवार्य : अर्थमन्त्री शर्मा

काठमाडाैं, असार १० : अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षणमा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता अनिवार्य रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३७ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लेखापरीक्षण पेशा राज्यसंग जोडिएको विषय रहेको भन्दै पारदर्शीता आवश्यक रहेको बताए।

उनले लेखापरीक्षणलाई कुनै व्यक्ति वा संस्थाको स्वास्थ्यका आधारमा जोड्न खोजे त्यसले राज्यलाई नै असर पर्ने धारणा राख्नुभयो। समयमा नै बजेट खर्च नहुने समस्या समाधानका लागि पनि लेखापरीक्षकहरुको सुझाव सरकारले लिने उनले बताए। त्यस्तै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई बलियो बनाउन बजेटमा उत्पादनलाई जोड दिएको उल्लेख गरे।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्माले लेखापरीक्षणलाई पूर्ण रुपमा डिजिटल बनाउनुपर्ने बताए। उनले लेखापरिक्षणको क्षमता अभिबृद्धि गर्दै यस क्षेत्रलाई थप विश्वस्नीय बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्