स्थानीय निर्वाचनपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखियाे : नेपाल
काठमाडाैं, असार ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन्।शुक्रबार काठमाडौंमा बसेको...
काठमाडाैं, असार ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको चुनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा बसेको समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयबोर आवश्यक समीक्षा गर्नुपर्ने देखिएको समेत बताए।
उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै सम्भावनालाई प्रयोग र चुनौतीको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने धारणा राखे। अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थीतिको विश्लेषण गर्दै सहि निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चुनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ। बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन्।
चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद सुरु भएको छ ।











