Kathmandu Press

विराटनगर महानगरले तीन अर्ब ५० करोड बजेट ल्याउँदै

मोरङ, असार १० : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ।हालै सम्पन्न स्थानीय...
विराटनगर महानगरले तीन अर्ब ५० करोड बजेट ल्याउँदै

मोरङ, असार १० : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ।

हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो । प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प एवं प्रतिबद्धताका कार्यक्रमलाई समेटिएको जनाइएको छ।  

चालु आर्थिक वर्षभन्दा झण्डै रु एक अर्ब कमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदितले जानकारी दिए। चालु आवका लागि चार अर्ब ६० करोड ८१ लाखको वार्षिक बजेट बनेको थियो । सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान रकम अन्य महानगरपालिकाभन्दा कम दिने कारणले बजेटको सीमा पनि कम भएको बताइएको छ।

महानगरले आज नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र  बजेटमार्फत करको दरलाई घटाइने तयारी गरिएको जनाइएको छ । नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी ‘एजेन्डा’ बनाएका थिए । पालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्