Kathmandu Press

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो, युएई फाइनलमा 

उत्कृष्ठ सुुरुवात गरको नेपालका लागि आजको खेलमा युएईलाई पराजित गर्ने सम्भावना रहेपनि वर्षाका कारण खेल नै रद्द भएपछि नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।
वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो, युएई फाइनलमा 

काठमाडौं ,असार १० : मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण रद्द भएको भएको छ । किन्रारा एकेडेमी ओभलमा नेपालको इनिङ्स सकिएलगत्तै  वर्षाले रोकिएको थियो। खेल रद्द भएसँगै युएई फाइलन प्रवेश गरेको छ भने नेपालको एसिया कप यात्रामा ब्रेक लागेको छ। 

सेमिफाइनल खेलको पहिलो इनिङमा बलिङ गरेको नेपालले १९ं.५ ओभरमा सबै विकेट लिँदै युइईलाई ८१ रनमा समेट्न सफल भएको थियो। उत्कृष्ठ सुुरुवात गरको नेपालका लागि आजको खेलमा युएईलाई पराजित गर्ने सम्भावना रहेपनि वर्षाका कारण खेल नै रद्द भएपछि नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।

आजको खेलमा नेपालका लागि अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन्। तर नेपालले वर्षाका कारण ब्याटिङ गर्न पाएन। उत्कृष्ट बलिङ  गरेकी अश्मिनालाई ‘म्याच बल’ दिइएको छ। खेलको नतिजा नआएपछि खेलको प्लेयर अफ दि म्याच भने घोषणा गरिएन। 

युएई यसअघि समूहमा अपराजित थियो। समूह विजेता बनेको आधारमा युएईलाई सेमिफाइनलमा विजेता घोषणा गरिएको हो। 

  

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्