एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं, असार १० : नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेपछि बैठक बस्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
बैठकमा शनिबार बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुने बताइएको छ । त्यस्तै पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीले पार्टीसमक्ष राखेका सर्तका विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।
एकीकृत समाजवादीले भोलि केन्द्रीय कमिटी बैठक राख्दै १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक बोलाएको छ।
प्रकाशित मिति: ११:०४ बजे, शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











