Kathmandu Press

नेपालको उत्कृष्ट बलिङमा युएई ८१ रनमा समेटियो, अस्मिनाले लिइन् ५ विकेट 

 मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपको पहिलो सेमिफाइलन खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले १९.५ ओभरमा सबै विकेट लिँदै युएईलाई ८१ रनमा समेटेको हो। 
नेपालको उत्कृष्ट बलिङमा युएई ८१ रनमा समेटियो, अस्मिनाले लिइन् ५ विकेट 

काठमाडौं, असार १० : मलेसियामा जारी एसीसी महिला टि–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

च्याम्पियनसिपको पहिलो सेमिफाइलन खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले १९.५ ओभरमा सबै विकेट लिँदै युएईलाई ८१ रनमा समेटेको हो। 

खेलमा नेपालले उत्कृष्ठ बलिङ गर्दै मलेसियालाई सस्तो रनमा समेट्न सफल भएको हो।  नेपालका लागि अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिए । ३.५ ओभर बलिङ गरेकी अस्मिनाले १० रनमात्रै खर्चिइन्। त्यस्तै ४ ओभर बलिङ गरेकी इन्दु बर्माले १६ रन खर्चेर तीन विकेट लिइन् भने सिता राना मगरेले २ विकेटे लिइन्। 

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा ओझाले १५ रन बनाइन् भने छाया मुगलले १४ र खुशी शर्माले १२ रन बनाइन् । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपाल एसिया कपमा छनोट हुनका लागि युएईलाई हराउनै पर्नेछ। 

प्रकाशित मिति: १०:३५ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्