युएइविरुद्ध बलिङमा नेपाल
काठमाडौं, असार १० : एसीसी महिला टि–२० च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल युएईविरुद्ध बलिङ गरिरहेको छ । वर्षाका कारण ढिला भएको खेलमा टस जितेर नेपालले...
काठमाडौं, असार १० : एसीसी महिला टि–२० च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल युएईविरुद्ध बलिङ गरिरहेको छ । वर्षाका कारण ढिला भएको खेलमा टस जितेर नेपालले बलिङ रोजेको हो।
दाबेदार टोली युएइविरुद्ध नेपालले सानदार खेल प्रस्तुत गरिरहेको छ । १६ औं ओभर सकिँदा नेपालले ६ विकेट लिइसकेको छ भने युएईले ६२ रन बनाएको छ। नेपालले युएईलाई हराउन सके महिला टि–ट्वान्टी एसिया कपमा छनोट हुनेछ।
नेपाल समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइन प्रवेश गरेको हो भने युएई समूह ‘ए’ बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले समूह चरणका ३ खेल जित्दा अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो ।
मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । युएईले ४ खेलमा ७ अंक जोड्यो ।
मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो। अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको फाइनल भोलि शनिबार हुनेछ।











