Kathmandu Press

स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै, पार्टी प्रवक्तामा मुकुल ढकाल 

काठमाडौं, असार १० : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय...
स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै, पार्टी प्रवक्तामा मुकुल ढकाल 

काठमाडौं, असार १० : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । 

ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। 

उक्त दल दर्ता हुन भने बाँकी नै छ । पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । 

प्रकाशित मिति: ०८:४७ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्