राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं, असार १० : आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ।दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त...
काठमाडौं, असार १० : आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ।
यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गर्नेछिन् ।
प्रकाशित मिति: ०७:५८ बजे, शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











