काठमाडौंमा बिहानैबाट वर्षा, सुदूरपश्चिम र कर्णालीमा मनसुनी वायुको प्रभाव
काठमाडौं, असार १० : राजधानी काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको...
काठमाडौं, असार १० : राजधानी काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अपराह्न काठमाडौंमा पुनः वर्षा हुने जनाएको छ ।
प्रदेश–१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको हो ।
भागका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलामा बहाव बढ्ने भएकाले स्थानीयले सतर्क रहनु विभागको भनाइ छ ।











