Kathmandu Press

शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका : राष्ट्रपति भण्डारी

काठमाडाैं, असार ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सार्वजनिक एवं व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयले नेपालमा शिक्षा र चेतनाको विस्तार गर्न ठूलो भूमिका खेलेको...
शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका : राष्ट्रपति भण्डारी


काठमाडाैं, असार ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सार्वजनिक एवं व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयले नेपालमा शिक्षा र चेतनाको विस्तार गर्न ठूलो भूमिका खेलेको बताएकी छन। उनले ती पुस्तकालयको स्तर वृद्धि गर्न, विस्तार गर्न तथा नयाँ प्रविधिको प्रयोगबाट पाठकसम्म पहुँच पुर्‍याउन एवं अभिरुचि जगाइराख्न थप कार्य गरिनुपर्ने खाँचो रहेको औँल्याइन।

नेपाल पुस्तकालय सङ्घको नेतृत्वमा आएका लाइब्रेरियन तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित विज्ञसँगको भेटघाटका अवसरमा सम्बोधन गर्दै उनले भनिन, 'पुस्तकालय सभ्य समाजका लागि ज्ञानको स्रोत र नयाँ विचारको जन्मस्थान हो। तपाईंहरूले आज प्रस्तुत गर्नुभएको सन्दर्भले पनि बताएको छ।' पुस्तकालय भन्नाले केबल पुस्तकको भण्डार मात्र होइन। विभिन्न विषयका पुस्तक, अनुसन्धान प्रतिवेदन, ऐतिहासिक दस्तावेज, नयाँ र अद्यावधिक तथ्याङ्कसहितको स्रोत केन्द्रका रूपमा पुस्तकालयले ज्ञान निर्माण गर्न विशिष्ट भूमिका खेलिरहेका हुन्छन्।

यसरी एउटा पुस्तकालय आधारभूत तहमा पुस्तकको सङ्ग्रह हुन सक्छ भने विशिष्टीकृत तहमा अत्याधुनिक स्रोत केन्द्र तथा नीति अध्ययनको स्थल बन्न सक्दछ। उनले सूचना तथा सञ्चार प्रविधिको प्रयोग तथा विस्तारका कारण नयाँ पुस्ताका पाठक डिजिटल माध्यमतर्फ बढ्दो सङ्ख्यामा आकर्षित हुँदै गएको पाइन्छ।

वर्तमान विश्वमा पुस्तक पढिने मात्र होइन, हेर्न र सुन्न सकिनेरूपमा पनि रुपान्तरित गरी बजारमा उपलब्ध हुन थालेका र यसरी पहुँचको विस्तार हुँदासमेत पठन संस्कृति भने कमजोर हुँदै गएको टिप्पणी यदाकदा सुन्ने गरेका छौँ। पाठकका बीचमा कुनै विषयमाथि गहिरिएर अध्ययन गर्ने, छलफल चलाउने, पुस्तकका बारेमा चर्चापरिचर्चा सञ्चालन गर्ने, नयाँ पुस्तकका बारेमा समीक्षात्मक सेमिनार आयोजना गर्ने जस्ता क्रियाकलापबाट पुस्तकालयले आफ्नो स्थान आफैँ निर्माण गर्न सक्नुपर्दछ। यसरी, पठन संस्कृति प्रवद्र्धन गर्ने सबैभन्दा उपयुक्त माध्यमका रूपमा पुस्तकालयलाई विकास गर्दै लैजान सकिने बताइन।

प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्