Kathmandu Press

मन्त्रीबाट हटाउन माग गर्दै पर्यटनमन्त्री आलेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, असार ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उनलाई मन्त्री पदबाट हटाउन माग...
मन्त्रीबाट हटाउन माग गर्दै पर्यटनमन्त्री आलेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, असार ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उनलाई मन्त्री पदबाट हटाउन माग गर्दै अधिवक्ता किशोर पौडेलले रिट दायर गरेका हुन् ।

रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। मन्त्री आलेको व्यवहार पटक पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको निवेदक अधिवक्ताको जिकिर छ।  

‘निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ । निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ’, रिटमा उल्लेख छ।

रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ।

प्रकाशित मिति: २०:२० बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्