प्रधानसेनापति शर्मा सिरियामा, ‘डिसइन्गेजमेन्ट अबजर्भर फोर्स मिसन’ को अवलोकन
काठमाडौं, साउन ९ : संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत शान्ति सैनिकहरूले निर्वाह गरेको जिम्मेवारीको अवलोकन गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा सिरिया पुगेका छन्....jpg)
काठमाडौं, साउन ९ : संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत शान्ति सैनिकहरूले निर्वाह गरेको जिम्मेवारीको अवलोकन गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा सिरिया पुगेका छन् ।
बुधबारबाट यूएनको ‘डिसइन्गेजमेन्ट अबजर्भर फोर्स मिसन’ सिरियाको अवलोकन गरेका हुन् । उनले बिहीबार उक्त मिसनअन्तर्गतको सुरक्षा पोस्टहरूको भ्रमण गरे । भ्रमणको क्रममा टोलीले माउन्ट हर्मन कम्प्लेक्सस्थित फोर्स हेडक्वाटर ईन्फेन्ट्री सपोर्ट युनिट दसौं डफ्फाको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ ।
.jpg)
उक्त ईलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे समेत शर्माले जानकारी दिएका थिए । सोही अवसरमा शर्माले उक्त युनिटमा उल्लेखनीय कार्य गर्ने चार नेपाली शान्ति सैनिकहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरे ।
शर्मा लेवनान हुँदै सिरिया पुगेका हुन् । उनी त्यसपछि असार १३ मा अमेरिकाको ५ दिने औपचारिक भ्रमणमा जाने छन् ।











