Kathmandu Press

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्‍यो

काठमाडौं, असार ९ : नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । 

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६ औँ स्थानमा छ । नेपाल यसअघि वरीयताको १६८ औँ स्थानमा थियो ।  नेपालले भर्खरैमात्र एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । 

छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो ।  

वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

 

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्