Kathmandu Press

जनमोर्चाले महंगीको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं, असार ९ : सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी,भ्रष्टाचार,कालोबजारी,मल,बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । असार ८ गते बसेको...
जनमोर्चाले महंगीको विरोधमा देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं, असार ९ : सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले महंगी,भ्रष्टाचार,कालोबजारी,मल,बीउ तथा पाठ्यपुस्तकको अभावविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार विरोध प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । 

पार्टीले महिलाहरु माथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका घटनालाई नियन्त्रण गर्ने सवालमा सरकारले सामान्य प्रकारले पनि ध्यान नदिएको भन्दै सरकारको असार १५ देखि २० गते कुनै दिन देशव्यापी रुपमा विरोध कार्यक्रम गर्ने निर्णय निर्णय पनि गरेको छ । 

यस्तै आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्