चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त
काठमाडौं, असार ९ : सरकारले चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त...
काठमाडौं, असार ९ : सरकारले चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई राजदूत नियुक्त गरिएको हो ।
प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











