Kathmandu Press

मन्त्री झाँक्रीद्वारा टुकुचा खोलाको फोहाेर पानी प्रशोधन केन्द्र शिलान्यास

काठमाडौं, असार ९ : काठमाडौंको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहाेर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ।पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौंको थापाथलीमा...
मन्त्री झाँक्रीद्वारा टुकुचा खोलाको फोहाेर पानी प्रशोधन केन्द्र शिलान्यास

काठमाडौं, असार ९ : काठमाडौंको टुकुचा खोलाको पानी प्रशोधन गर्न फोहाेर पानी प्रशोधन केन्द्र निर्माण हुने भएको छ।

पानी प्रशोधन केन्द्रको बिहीबार काठमाडौंको थापाथलीमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरिन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती सुधार आयोजनाद्वारा एशियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको १७ दशमलव ३ एमएलडी प्रशोधन क्षमता रहने बताइएको छ।

कार्यक्रममा मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान नखोजे भावी पुस्ताले समेत समस्या भोग्न सक्ने बताइन्।

फोहरलाई स्रोतमा वर्गिकरण गरेर लानुपर्नेमा फोहोर व्यवस्थापन गर्न अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता भएको उनले बताइन्।

हाल टुकुचा खोलाको जलाधार क्षेत्र ६ दशमलव ८ बर्ग किलोमिटर रहेको छ। काठमाडौंको व्यस्त भूभाग भएर बग्ने उक्त खोला अव्यवस्थित सहरीकरणले गर्दा प्रदूषित भएको हाे। 

 

 

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्