Kathmandu Press

विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, असार ९ : प्रतिनिधिसभाको आजको दोस्रो बैठकले नेपाल प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित...
विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, असार ९ : प्रतिनिधिसभाको आजको दोस्रो बैठकले नेपाल प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको उक्त विधेयक दफावार छलफलका लागि सम्बधित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। 

प्रतिनिधिसभाको अर्को बैठक असार १२ गते आइतबार १ बजे बस्ने गरी स्थगन भएको छ। 

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्