स्वदेशी वस्तुको प्रर्वद्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील : मन्त्री बडू
काठमाडाैं, असार ९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रर्वद्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील रहेको...
काठमाडाैं, असार ९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र स्वदेशी वस्तुको प्रर्वद्धन गर्ने उद्देश्यसहित सरकार क्रियाशील रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा उद्योग मन्त्रालय, नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित इ–कमर्शको शुभारम्भ गर्दै मन्त्री बडुले आगामी आर्थिक बर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको समेत बताए।
यसका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रुपमा कार्यक्रम अघि बढाएको उहाले जानकारी दिए
मन्त्री बडुले साना तथा घरेलु उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र रहेको जिकिर गर्नुभयो। उनले स्वदेशी वस्तु उत्पादन, बजारीकरण र निर्यातका लागि सरकार पूर्ण रुपमा नीजि क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए। मन्त्री बडुले इ–कमर्समार्फत स्वदेशी बस्तुको प्रवर्धन र बजारीकरणका लागि सहज हुने धारणा राखे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यस क्षेत्रको उचित प्रवद्र्धन आवश्यक रहको बताए। साना तथा मझौला उद्योगहरुलाई महासंघको पहलमा बिनाधितो कर्जा उपलव्ध गराउने सरकारको कार्यक्रम आएको भन्दै यसलाई छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।
बिहीबार सार्वजनिक गरिएको इ-कमर्शबाट स्वदेशी वस्तुको बिक्रीविपतरणसमेत गरिने घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।











