Kathmandu Press

कांग्रेस वा एमालेसँग मिलेर जानुपर्ने वाध्यता छ : प्रचण्ड

काठमाडौं, असार ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो दल भएपनि माओवादी केन्द्र निर्णायक भएको दाबी गरेका छन् । स्थानीय तहमा...
कांग्रेस वा एमालेसँग मिलेर जानुपर्ने वाध्यता छ : प्रचण्ड

काठमाडौं, असार ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो दल भएपनि माओवादी केन्द्र निर्णायक भएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले स्थानीय निर्वाचनबाट तेस्रो शक्ति भएपनि प्रदेश  र प्रतिनिधि सभा निर्वाचनमा देशको दोस्रो पार्टी र वाममध्य पहिलो पार्टी बन्ने सम्भावना रहेयको बताएका छन्। 

उनले वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर  आफूहरुको हातमा आउने पनि बताएका छन् । त्यसका लागि थप मेहनत गरेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। 

उनले स्थानीय तह निर्वाचनमा गठबन्धनको भर पर्दा धेरै स्थानमा पराजय ब्यहोर्नुपरेको बताए । ‘गठबन्धन भए ठीकै छ, नभए एक्लै भिड्ने गरी तयारी गर्नुपर्छ । गठबन्धन रहन्छ, तालमेल हुन्छ । तर गठबन्धन भएपछि चुनाव जितिहालिन्छ भन्ने त्रुटि यो पटक हामीले गर्नै हुँदैन।’

राजनीतिको चाबी माओवादीसँग भए पनि कि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताए । ‘चाबी त छ, तर एउटा न एउटासँग मिल्दा मात्र ताला खुल्छ,’ प्रचण्डले भने, ‘हाम्रो सपना अब रुसँग मिल्न जानुपर्ने होइन । अरु हामीसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने छ । त्यसको आधार पनि छ ।’

 

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्