Kathmandu Press

अब दिनमा होइन, केही घन्टामा मन्त्री हेरफेर गर्ने दिशामा छौं : खतिवडा

काठमाडौं, असार ९ : सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीले चाँडै नै मन्त्री हेरफेर हुने बताएकाे छ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (बिहीबार) बसेको सचिवालय...
अब दिनमा होइन, केही घन्टामा मन्त्री हेरफेर गर्ने दिशामा छौं : खतिवडा

काठमाडौं, असार ९ : सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीले चाँडै नै मन्त्री हेरफेर हुने बताएकाे छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (बिहीबार) बसेको सचिवालय बैठकको निर्णय जानकारी दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले चाँडै नै मन्त्रीहरू हेरफेर गर्ने तयारी रहेको बताए।

‘अब दिनमा होइन, केही घन्टामा मन्त्री हेरफेर गर्ने दिशातिर लागिरहेका छौं,’ उनले भने। उनले पार्टीको निर्णय नै अन्तिम रहेको बताउँदै बिदा गरिसकिएका मन्त्रीहरुका बारेमा पुनर्विचार नहुने र मन्त्रीका लागि सिफारिस गरिएका नयाँ नाम हेरफेर पनि नहुने पनि बताए।

‘भद्र सहमति नै ६ महिना भएकाले वर्तमान मन्त्रीहरुलाई बिदा गरिसकिएको छ,’ उनले भने, ‘सहमतिअनुसार निर्णय गरिएकाले त्यसलाई सबैले मान्नुपर्छ।’ मन्त्रीहरुले अध्यक्ष नेपाललाई भेटेर राखेको सर्तको कुने अर्थ नभएको उनले बताए। 

एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय जेठ २२ गते नै भइसकेको छ।

बैठकमा यही असार १० गते बस्ने पार्टीको पोलिटब्युरो, ११ गते बस्ने केन्द्रीय कमिटीको बैठकलगायत कार्ययोजनाबारे पनि छलफल भएको उनले बताए। बैठकमा कात्तिक अन्तिम वा मंसिर पहिलो साता हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे पनि छलफल गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्