Kathmandu Press

सबै समुदायको भाषा एवं सांस्कृतिक दर्शनको प्रवर्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडाैं, असार ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवं सांस्कृतिक दर्शनको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औं...
सबै समुदायको भाषा एवं सांस्कृतिक दर्शनको प्रवर्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडाैं, असार ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवं सांस्कृतिक दर्शनको प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औं वार्षिकोत्सबको अवसरमा बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रधानमन्त्री देउवाले विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्याउँदै आएको भन्दै सरकार पनि यसको प्रवर्धनमा प्रतिबद्ध रहेको बताएका हुन्।

मुलुकको नयाँ रुपान्तरणसँगै बहुजातीय, बहुभाषिक सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरुको एकता बढाउन सिर्जनशील कार्य गरेको भन्दै उनले प्रतिष्ठानको प्रसंसा गरे।

नेपालको प्राज्ञिक गरिमालाई अन्तराष्ट्रिय प्राज्ञिक क्षेत्रमा लैजान प्रतिष्ठानले खेलेको भूमिकोको उहाले स्मरण गरे। प्रधानमन्त्री देउवाले आगामी दिनमा संस्थाको गतिविधिलाई घनीभूत रुपमा अघि बढाउन र भाषा संस्कृतिको संरक्षण गर्न थप योगदान पुराउने विश्वास व्यक्त गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माण र नेपाली बृहत् शब्दकोष डिजिटल प्रणालीको कामले नेपालको संस्कृति थप उजागर हुने बताए।

उनले साहित्य र संस्कृतिसँग जोडिएका बिभिन्न प्रतिष्ठानहरुलाई गत वर्षको तुलनामा यसपटकको बजेटमा उपेक्षा गरिएको गुनासो गरे। उनले थप कृति र रचना प्रकाशित गर्न थप बजेटको आवश्यकता पर्ने धारणा राखे। 

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्