घुस डिल गर्ने न्यायाधीश-अधिवक्तालाई पक्राउ गर्नुपर्ने भन्दै न्यापरिषदमा राप्रपाकाे निवेदन
काठमाडाैं, असार ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्यापरिषदमा निवेदन...
काठमाडाैं, असार ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्यापरिषदमा निवेदन दर्ता गरेको छ।
पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले घुस काण्ड सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरि थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो।
निवेदन दर्तापछि शाहीले तत्काल उनीहरुलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए।
मुलुकका विधिको शासन कायम गर्न पनि सबैलाई बराबरको कानुन हुनुपर्ने राप्रपाले जनाएको छ।
प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











