एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरु
काठमाडौं, असार १० : सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ।केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो। एकीकृत समाजवादीको सचिवालय...
काठमाडौं, असार १० : सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो। पार्टीकाे सचिवालय बैठक बुधबार पनि बसेको थियो। साे बैठकमा मन्त्री हेरफेर गर्ने भनी पार्टीले गत जेठ २२ गते गरेको निर्णय कार्यान्वयनबारे छलफल भएको थियो।
आजको बैठकमा पनि मन्त्री हेरफेरमा भएको ढिलाइबारे छलफल हुने बताइएको छ। मन्त्री हेरफेर गर्ने पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा केही नेता असन्तुष्ट छन्। गठबन्धनमा मन्त्री हेरफेरकाे विषय अगाडि बढाउन नसक्दा अध्यक्ष माधवकुमार नेपाल पनि दबाबमा छन्।
बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति, पोलिटब्युरोर केन्द्रीय कमिटीको बैठक तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











