Kathmandu Press

विप्लव माओवादीमा पहिरो : ओमप्रकाश पुनसहित चार नेताले दिए सामूहिक राजीनामा 

विहीबार विज्ञप्ति जारी गर्दै  पूर्व पोलिटब्यूरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित चार नेताले विप्लवका साथ छाडेकाे घाेषणा गरेका हुन्।
विप्लव माओवादीमा पहिरो : ओमप्रकाश पुनसहित चार नेताले दिए सामूहिक राजीनामा 

काठमाडौं, असार ९ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार नेताले सामूहिक राजीनामा दिएका छन् । विहीबार विज्ञप्ति जारी गर्दै  पूर्व पोलिटब्यूरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित चार नेताले विप्लवका साथ छाडेकाे घाेषणा गरेका हुन्। 

जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवंम् विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएका छन्।

‘ हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ। 

नेता पुनले सडक, सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकोले सबैलाई एकताबद्ध गर्न अभियान थालेको बताए ।

 

प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्