Kathmandu Press

आज ५ देखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै

काठमाडौं, असार ९: आजदेखि २७ जिल्लामा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्ध खोप लगाइँदै छ।आज पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप...
आज ५ देखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै

काठमाडौं, असार ९: आजदेखि २७ जिल्लामा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्ध खोप लगाइँदै छ।

आज पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सबै जिल्लाका विद्यालयमै खोप लगाइनेछ।

आज पहिलो डोज लगाएका बालबालिकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज लगाइने मन्त्रालयले जनाएको छ।

दोस्रो चरणमा बाँकी जिल्लाका बालबालिकालाई खोप लगाइनेछ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकी ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज लगायते तय गरिएको छ।

५ देखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइनेछ। यो खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको जनाइएको छ।

खोप अभियानका लागि सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ। खोप लगाउँदा कुनै बालबालिकालाई समस्या देखिएमा खोप केन्द्रमै उपचार गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: ०८:२३ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्