Kathmandu Press

कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

पोखरा, असार ९ : गण्डकी प्रदेशको राजधानी पोखरालगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ।आज बिहान ३ः५६ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–७...
कास्कीको धम्पुस केन्द्र भएर भूकम्प

पोखरा, असार ९ : गण्डकी प्रदेशको राजधानी पोखरालगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ।

आज बिहान ३ः५६ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्ला बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन्।

धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले ठूलो धक्का दिए पनि बिहानसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको बताए।

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, असार ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्